पाटनमा कुहिरो लाग्दा करिब २ सय भेडा चोरी

जाजरकोटको कुशे हिमाल पाटनमा कुहिरो लाग्दा कम्तिमा १८३ भेडा चोरी भएका छन् । पाटनमा चराउन लगिएका भेडा गएको बुधबार चोरी भएका हुन् । 

विकट क्षेत्रमा फोन, इन्टरनेट नचल्ने भएका कारण किन र कसले चोरेर लगेको हो भन्ने कुरा खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

चोरी भएका भेडा हालसम्म पत्ता लगाउन नसकिएको पीडित कुसे गाउँपालिका–५ ढिमेका रणजङ्ग शाहले बताए । शाहका मात्रै १४३ वटा भेडा चोरी भएका छन् । 

यस्तै, सोही वडाका परिमल सार्कीका १० र कुशे–९ कफल्नका दुर्गा बहादुर रोकायका ७ ओटा भेडा चोरी भएको शाहले बताए । 

यो संख्या मोटामोटी मात्रै भएको भएपनि कुल संख्या यकिन नभएको शाहको भनाइ छ । शाहले भेडा भेटाउन सहयोग गर्नेलाई उचित पुरस्कारको व्यवस्था गर्ने समेत बताएका छन् । 





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १७:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया