जापानमा पहिरो : बेपत्ता भएकाहरूको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी जारी रहेको छ । पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
पहिरोमा परी कम्तीमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अरु १० जनालाई घटनास्थलबाट उद्धार गरिएको छ । जापानको मध्य क्षेत्रमा पर्ने अतामीमा भएको घटनामा परी अरु २० जना अझै पनि हराइरहेको अधिकारीहरुले जनाएका छन् । 

स्थानीय सरकारी अधिकारीहरुले खोजी जारी रहे पनि बेपत्ता भएकाहरू जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् । 

अत्यधिक वर्षासँगै शनिबार बिहान भिषण पहिरो गएको थियो । घटनाप्रति प्रधानमन्त्री योसिहिडे सुगाले दुःख व्यक्त गरेका छन् । उनले खोजी तथा उद्धार र राहतका कार्यका लागि कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १८:११:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया