राष्ट्रपति संविधानको रक्षक र पालकको जिम्मेवारी बहन गर्नमा चुकेको वरिष्ठ अधिवक्ताकाे आरोप

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुखका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले राष्ट्रपति आफ्नो जिम्मेवारीबाट भागेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सो रिट निवेदनमा निवेदकका तर्फको बहस सकिएर अहिले विपक्षीका तर्फबाट बहस चलिरहेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई पनि सो रिटमा विपक्षी बनाइएको छ । 

विपक्षीका तर्फबाट बहस गरेका खरेलले नै राष्ट्रपति आफ्नो जिम्मेवारीबाट भागेको र कर्तव्यच्युत भएको दाबी गर्दै संविधानको पालनामा चुकेको तर्क गरेका हुन् । 

प्रधानमन्त्रीबाट संविधानको ७६(४)को प्रक्रिया पालना नभएको तर  राष्ट्रपतिले त्यसलाई स्वीकार गरेको आरोप लगाए । उनले भने, ‘त्यो प्रक्रिया पूरा गर्दा प्रधानमन्त्रीको पद जाने थियो । प्रधानमन्त्री बच्न खोज्दा राष्ट्रपतिले सहयोग गर्नुभयो ।’

ओलीको पत्रलाई नै राष्ट्रपतिले कानुन मानेको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता खरेलले भने, ‘एमाले सांसदले देउवालाई सहयोग गरे, ओलीले दल त्याग ऐन आकर्षित हुन्छ भन्नुभयो । त्यो ऐन कहाँ कार्यान्वयन हुन्छ, कार्यान्वयनको विधि के हो, त्यता ध्यान दिनुभएन, ओलीको पत्रलाई कानुन मानिदिनुभयो ।’ 

राष्ट्रपतिले संविधानको रक्षक र पालकको जिम्मेवारी बहन गर्न चुकेको खरेलको आरोप छ । 



खरेलको बहससँगै सभामुखतर्फको बहस सकिएको छ । अब इजलासमा एमिकस क्युरीका अधिवक्ताहरुले आफ्नो राय दिनेछन् । 



  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार १८:२०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया