काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको अवधि १० दिन बढाएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा तीनै जिल्लाका सुरक्षा प्रमुख र प्रजिअहरुको संयुक्त बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेका छ ।
असार मसान्तमा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि सोमबारबाट निजी तथा सार्वजनिक सवारीसाधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ ।
नयाँ सूचनापछि अब सबै पसल दुई मिटरको भौतिक दुरी, स्यानिटाइजर, स्वास्थ्य मापदण्ड पालना गरेर साँझ ६ बजेसम्म खुला गर्न पाइनेछ । यसअघि दूध फलफूल, खाद्यान्नबाहेकका पसल बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म मात्र खुला गर्न पाइने व्यवस्था थियो ।
यस अवधिमा सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी, नाचघर, क्लब, मनोरञ्जन स्थाल, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र भिडभाड हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।
विवाह ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टी प्यालेसमा गर्न पाइने छैन ।
खुला स्थानमा भेला हुने, सभा जुलुस गर्न, महोत्सव, जात्रा, भोज भतेर गर्न पनि रोक लगाइएको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।