चीनबाट खोप ल्याउने तालिका सार्वजनिक

चीनबाट खरिद गरेको खोप नेपाल ल्याउन तालिका सार्वजनिक भएको छ । नेपालले चीनसँग ४० लाख डोज खोप किनेको छ । 

उक्त खोप नेपाल वायुसेवा निगमको जहाजले ल्याउनेछ । त्यसका लागि पहिलोपटक असार २४ गते चीनको बेइजिङ जाने र २५ गते नेपाल फर्किनेछ । 

त्यस्तै, असार ३१ गते उड्ने विमान साउन १ गते खोप लिएर फर्किनेछ भने तेस्रो तथा अन्तिम खेप लिन साउन ७  गते जाने र ८ गते फर्किने कार्यतालिका रहेको छ । 

तीन खेपमा नेपाल एयरलाइन्सको कार्गो विमानले २४ लाख डोज खोप काठमाडौं ल्याउनेछ । बाँकी खोप भने अर्को तालिका सार्वजनिक गरेर मात्र ल्याइनेछ । कार्गो विमानले एक खेपमा कति डोज ल्याउने भन्ने अहिले नै यकिन हुन सकेको छैन । 

नेपालले ४० लाख डोज खोपका लागि चीनसँग गोप्य सम्झौता गरेको थियो । खोपको मूल्य विषयमा दुवै पक्षबाट गोप्य राखिएको छ ।





  • प्रकाशित मिति : असार २०, २०७८ आइतबार २१:३७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया