पाँचथरमा पौडी खेल्न गएका दुई किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा जिल्लाको याङवरक गाउँपालिका-४ निशाधामका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय विपल योङहाङ रहेका छन् ।
दुबै जना हिजो(आइतबार) दिउँसो पौडी खेल्न इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए । नदीको बहावले दुबैलाई बगाएपछि उनीहरूसँग पौडी खेल्न गएका अन्य किशोरले गाउँमा खबर गरेका थिए ।
स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।