धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

जिल्लाको बटेश्वर गाउँपालिका-२ का दलबहादुर आलेको आइतबार राति दुर्घटना हुँदा मृत्यु भएको हो ।

आइतबार राति ११ बजे बटेश्वर बजारबाट आले घर फर्किँदै थिए । सोही क्रममा उनी चढेको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल नजिकै दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका आलेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १०:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया