बेजोसले आज सिइओ पद छाड्दै

अनलाइन बुक स्टोरका रूपमा अमेजन सुरु गर्ने र उक्त सपिङलाई संसारकै उत्कृष्ट बनाउने जेफ बेजोसले आज कम्पनीको प्रमुख कार्यकारी (सिइओ) पदबाट राजिनामा दिँदै छन् । सोमबार (५ जुलाई) देखि उनी कम्पनीको सिइओ पदमा हुने छैनन् । अब उनको स्थानमा अमेजनको क्लाउड कम्प्युटिङ बिजनेस चलाउँदै आएका एन्डी जेसी हुने छन् ।

यसको अर्थ बेजोसले अमेजनलाई त्याग्ने होइन, उनी अब कम्पनीका कार्यकारी अध्यक्षको नयाँ भूमिकामा रहने छन् । उनले इन्स्टाग्राममा आफ्ना रुचिहरूबारे बताएका छन् । उनीसँग समय बिताउन अन्य थुप्रै रुचि कायम छन् भन्ने कुरा इन्स्टाग्रामबाट बुझ्न सकिन्छ । 

बेजोसले अमेजन स्टुडियोले पाएको ओस्कार पुरस्कार र गोल्डेन ग्लोब जितका बारेमा पोस्ट गरेका छन् । इन्स्टाग्राममा पछिल्लो वार्षिक बैठकका क्रममा भएको कुराकानीको पनि उल्लेख गरेका छन् ।​

बेजोसले इन्स्टाग्राममा धर्तीलाई अन्तरिक्षबाट हेर्दा मानिसलाई बदलिदिने बताएका छन् । ‘म यो उडानमा सवार हुन चाहन्छु । किनकि, यो एउटा यस्तो काम हो जुन म जीवनमा सधैं गर्न चाहन्थेँ । यो एक रोमाञ्च हो । यो मेरा लागि निकै अहम् छ,’ उनले भनेका छन् ।

बेजोसले फेबु्रअरीको पूर्वाद्र्धमा आफ्नो कम्पनी ‘ब्लु ओरिजिन’ र अन्य काममा अधिक समय दिन चाहिरहेकाले अमेजनको सीईओ पद छाड्न लागेको जानकारी दिएका थिए ।

जुलाई २० मा अन्तरिक्ष यात्रा



इन्स्टाग्राममै उनले हालै आफ्ना भाइ मार्क र लिलामीका विजेता ब्लु ओरिजिनको ‘न्यु सेफर्ड’ अन्तरिक्षयानमा यात्रा गर्ने बताएका थिए । यो यात्रा जुलाई २० मा गरिने तय भएको छ । यो यात्रामा टेक्ससबाट अन्तरिक्षको छोटो उडान हुने छ । जुलाई २० मा अपोलो-११ चन्द्रमा पुगेको वार्षिक उत्सव पनि मनाइने छ । 

‘दि रक’ले गरे तस्वीर सार्वजनिक



फिल्म कलाकार तथा डब्ल्युडब्ल्युइका सुपरस्टार ड्वेन जोनसन ‘दि रक’ले यो समय पार्टीको समय भएको बताएका छन् । दि रकले इन्स्टाग्राममा एक तस्वीर सार्वजनिक गरेका छन्, त्यसमा उनी र बेजोस समुद्री किनारमा मुस्कुराइरहेका छन् । दुवैले हालै अमेजन स्टुडियोका लागि एक सिनेमा बनाउने घोषणा गरेका थिए । 
 

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १३:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया