टि-२० क्रिकेट : एकै पारीमा यी खेलाडीले बनाए २०५ रन

कुनै ब्याट्सम्यानले टि-२० क्रिकेटमा दोहारो शतक प्रहार गरे भन्दा जो कोहीलाई पत्याउन कठिन हुन्छ । किनकि यो फर्म्याटमा एक टिमले मात्र १२० बलको सामना गर्न पाउँछ र यस्तोमा एकै ब्याट्सम्यानले २०० रन प्रहार गर्नु त्यति सहज हुँदैन ।
 
दिल्लीका ३० वर्षीय सुवोध भाटीले टि-२० मा दोहोरो शतक प्रहार गर्न कठिन भए पनि असम्भव भने नभएको प्रमाणित गरेका छन् ।

उनी एक घरेलु प्रतियोगितामा डिल्लीका लागि सिम्बा टिमविरुद्ध ७९ बलमा २०५ रनको अविजित पारी खेली टि-२० मा दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने ।
 
उनले २०५ रन बनाउने क्रममा समान १७-१७ चौका र छक्का प्रहार गरे । यस अघि टि-२० को एकै पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान वेस्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलको नाममा थियो ।

उनले सन् २०१३ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि पुणे वारियर्स विरुद्ध  ६६ बलमा १७५ रन प्रहार गरेका थिए । 

अन्तर्राष्ट्रिय टि-२० को एकै पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान भने अस्ट्रेलियाका ओरोन फिन्चको नाममा छ । उनले सन् २०१८ मा जिम्बाबेविरुद्ध ७६ बलमा १७६ रन प्रहार गरेका थिए । 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १२:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया