सुजिता हत्या प्रकरण : राप्तीका स्थानीयले घेरे मेयर र एसपीलाई

स्थानीय युवती सुजिता भण्डारी हत्या प्रकरणलाई लिएर चितवनको राप्ती नगरपालिका-३ का बासिन्दा आन्दोलित भएका छन्। आइतवार साँझ स्थानीय जंगलको झाडीमा सुजिताको शव सडेको अवस्थामा भेटिएको थियो।  

२३ वर्षीया सुजिताको शव उठाएर पोष्टमार्टमका लागि प्रहरीले अस्पताल लैजाँदै गर्दा स्थानीयले प्रहरीलाई घेरेका छन्। उनीहरुले पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक ओम अधिकारी चढेको गाडीलाई स्थानीयले घेरेका छन् । राप्ती नगरपालिका प्रमुख प्रभा बराललाई पनि स्थानीयले घेराउ गरेका छन्। उनीहरुले प्रमुख बराललाई जनप्रतिनिधिका रुपमा पीडितलाई न्यायका लागि भूमिका खेलिदिन भनेका छन्। 

सुजिता गत असार ११ गतेदेखि बेपत्ता भएकी थिइन्। असार ११ गते बिहान ६ बजे साथीको घर जान हिँडेकी उनी त्यही दिनदेखि बेपत्ता भएकी थिइन् ।

सुजिताको शव जंगलमा च्याउ टिप्न गएका स्थानीयले आइतबार साँझ शव देखेका थिए। त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । जंगलबीच एउटा झाडीमा अड्किएको अवस्थामा सुजिताको शव भेटिएको चितवन प्रहरी प्रमुख एसपी अधिकारीले बताए। 





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १३:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया