सामन्त गोयल बालुवाटार छिरेपछि चुच्चे नक्सा हरायो : रमेशजंग रायमाझी

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली हरेक कोणबाट असफल भइसकेको बताएका छन्। सोमबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

'केपी  ओली राजनीतिक, आर्थिक र नैतिक रुपमा असफल भइसकेका छन्। मुलुकभित्र गरेको भ्रष्टाचारले नेकपा पनि विभाजन भयो', उनले भनेका छन्, 'ओलीकै कारण संसद दोस्रो पटक विघटन भयो। अहिले सारा संसार हाँसिरहेको छ। नैतिक रुपमा त केपी ओलीको कुरै नगरौँ, प्रधानमन्त्रीले नैतिकता गुमाइसके। आर्थिक रुपमा भ्रष्टाचार व्यापक छ।'

उनले कोरोनाविरुद्धको भ्याक्सिन खरिदमा पनि गडबड गरिएको बताए। 'चीनबाट ल्याउन लागिएको भ्याक्सिनको मूल्य १४ डलर भनिँदैछ। हिजो मात्रै तत्कालीन स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले ४ डलरमा किन्ने भनेका थिए। आज कसरी १४ डलर भयो?', उनले सोधे, 'केपी ओलीलाई असफल प्रधानमन्त्री घोषणा गरिदिए हुन्छ। सामन्त गोयल जब बालुवाटार छिरे तब चुच्चे नक्सा हरायो। कहाँ हरायो आज? हामीलाई त्यो चुच्चे नक्सा चाहियो।'





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १३:३९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया