‘प्रधानमन्त्रीले जे भन्छन् त्यही लुरुलुरु मान्ने संसारकै कमजोर राष्ट्रपति’

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइ अन्तिम चरणमा पुगेको छ । रिट निवेदकको जवाफी बहस सकिएको छ। 

रिट निवेदकको पक्षबाट अन्तिममा बहसमा आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले विश्वासको मत पाउँछ कि पाउँदैन भनेर आफैँ निर्णय गर्ने अधिकार नभएको दावी गरे । 

भविष्यमा विश्वासको मत पाउने विषय पनि राष्ट्रपतिले हेर्ने सरकार पक्षको दावी संविधानको मर्म विपरीत रहेको थापाको तर्क छ । 

‘विश्वासको मत लिन संसद पठाउनु पर्थ्यो नि। त्यसो भए १४६ जना संसदको हक अपहरण भएको कहाँ हेर्ने त ?’ थापाले भने । 

 शेरबहादुर देउवाले राष्ट्रपति समक्ष दावी पेश गर्दाको कागजातमा गढबढी रहेको भनी विपक्षीले उठाएको सवालको तुक नरहेको उनले दावी गरे । 

दावी पेश गर्ने कुनै निश्चित फरम्याट नभएको थापाको जिकिर छ । ‘सरकार गठनका लागि राष्ट्रपति समक्ष पेस गरेको कागजातका कुरा आएका छन्।  राष्ट्रपति समक्ष पेस गर्ने कागजको कुनै फरम्याट छ र श्रीमान ?’ थापाले इजलासमा प्रश्न गरे ।  



प्रधानमन्त्रीले जे भन्छन् त्यही मान्ने अहिलेको राष्ट्रपति संसारको सबैभन्दा कमजोर राष्ट्रपति  भएको जिकिर उनको छ । 

बरिष्ठ अधिवक्ता शम्भु थापा जवाफी बहसमा



महान्यायाधिवक्ताबाट यो मुद्दा अदालतको कार्यक्षेत्रमा नै पर्दैन भन्ने भनाइ आएको छ । सरकार गठनका लागि राष्ट्रपति समक्ष पेस गरेको कागजातका कुरा आएका छन्। 

राष्ट्रपति समक्ष पेस गर्ने कागजको कुनै फरम्याट छ र श्रीमान? यत्रो पार्लियामेन्ट डिजोलुसनको कुरा छ बहुदलीया र निर्दलीयताको कुरा आएका छन्।

संसदले गर्ने भविष्यमा विश्वासको मत पाउने विषय पनि राष्ट्रपतिले हेर्ने सरकार पक्षको दावी छ। दावीका लागि त विश्वासको मत लिन संसद पठाउनु पर्थ्यो नि। त्यसो भए १४६ जना संसदको हक अपहरण भएको कहाँ हेर्ने त? ७६(५) बमोजिम प्रधानमन्त्री बन्नुपर्ने कि नपर्ने? 

श्रीमानबाट बारम्बार आएको प्रश्न प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भनेर कागज पेस गरेपछि पदमुक्त हुनुपर्छ भनेर हामीले भनिरहेको हो । उहाँहरु पदमुक्त हुँदैन भन्नुहुन्छ । विश्वासको मत लिन सक्दिन भनेर गएको प्रधानमन्त्रीले फेरि दावी गर्दा राष्ट्रपतिले बडो बिचार गरेर निर्णय गर्नुपर्थ्यो। पार्लियामेन्टमा पठाउने हो कि आफैँ निर्णय गर्ने?

विश्वासको मतमा आफू पनि जानुहुन्न । अरुलाई पनि जान दिनुहुन्न। यसरी त धारा ७६(२) र ७६(५) पनि मर्छ।

यो मुद्दामा केपी ओलीले दावा गर्नुहुन्थ्यो भने संसदमा गर्नुपर्थ्यो । देउवा बाहेक अरुको त दावी नै छैन नि ।  जो राष्ट्रपति लुरुलुरु प्रधानमन्त्रीले भनेको मान्छ नि उ संसारको सबैभन्दा कमजोर राष्ट्रपति हो ।

  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १४:२४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया