जनकपुरधाममा विपक्षी पाँच विद्यार्थी गठबन्धनको प्रदर्शन

विपक्षी पाँचदलीय गठबन्धनका भ्रातृसंगठनले संविधानको रक्षाका लागि सोमबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागी भ्रातृसंगठनका विद्यार्थी नेताहरुले संविधानको धारा ७६ लागू गर्न माग गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दल आबद्ध संयुक्त विद्यार्थी संगठन धनुषाले संविधानको रक्षाको लागि भन्दै प्रदर्शन गरेका छन् ।

स्थानीय रेल्वे स्टेसनबाट निस्केको र्याली भानुचोक, शिवचोक हुँदै जनकचोक पुगेर संविधान प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो । संयुक्त विद्यार्थी संगठनको आह्वानमा निस्केको विरोध र्यालीमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरिएको थियो । 

संयुक्त विद्यार्थी संगठनमा नेविसंघ, अखिल क्रान्तिकारी, माधव नेपाल पक्षधरको अनेरास्ववियू, समाजवादी विद्यार्थी संघ र अखिल आबद्ध छन् ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १८:३९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया