राष्ट्रिय सभामा काेमल ओलीको कविता : बाँदरको जमात र अमृतपानको सपना

राष्ट्रिय सभाकी सांसद कोमल वलीले एमालेको असन्तुष्ट समूहलाई ‘बाँदर’को संज्ञा दिएकी छिन्। सोमबार राष्ट्रिय सभा बैठकमा उनले  ‘बाँदरको जमात र अमृतपानको सपना’ शीर्षकमा कविता सुनाइन् । 

उनले प्रतिनिधि सभा विघटनको विरोधमा उत्रिएको माधव नेपाल समूहलाई लक्षित गर्दै रङ फेर्ने छेपारा मात्रै भनिनन्, विनाशकारी बाँदरको पनि संज्ञा दिइन् । 

प्रधानमन्त्री ओलीको विरोध गर्नेहरुलाई ओलीले चेतनाविहीन र लोभीपापी बनेको आरोप लगाइन् । 

यस्तो छ उनको कविता
 
बाँदरहरुको आफ्नो देश हुँदैन
बाँदरहरुको निश्चित भेष हुँदैन
छेपाराजस्ता मौसमी रङ बदल्ने
बाँदहरुको स्थायी परिवेश हुँदैन
कहिले मिलेका छन्, कहिले फुटेका छन्
ईश्याको भट्टीमा आफैँले भुटेका छन्

आँखाभरि लोभपापको पिपासा बोकेर
आजकाल विनाशकारी बाँदरहरु 
विनाशको मेलामा जुटेका छन्
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरवास बन्न सक्थे

आखिर बाँदर न हुन्, भोलिको प्रतीक्षा कहाँ गर्न सक्छन्
आफ्नै बासमा आगो फुकेर भागभाग छ आज यिनकाे 



बाँदरहरू खेती गर्देनन्, बाली विनाश गर्छन् 
कहिले ढेडुहरूसँग मिल्छन् कहिले गोइलानहरुसँग मिल्छन् 
कर्मको कुटो नलगाउने यी बाँदरहरू
अमृतपान गर्ने सपना देख्छन् 

बाँदरहरूको आफ्नो देश हुँदैन बाँदरहरूको निश्चित भेष हुँदैन 
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरूको स्थायी परिवेश हुँदैन 



  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार १८:५०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया