एमालेको कार्यदलको बैठकपछि विष्णु पौडेलले भने– केही आशा पलाएका छन्, सकारात्मक बाटोमा छौँ

नेकपा एमालेको कार्यदलको सोमबारको बैठक सकिएको छ । 

मंगलबार दिउँसो फेरि बैठक बस्ने गरी आजको बैठक टुंगिएको कार्यदलका सदस्य एवं उपप्रधानमन्त्री विष्णु पौडेलले बताए ।

फरकधारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘केही आशाहरु पलाएका छन्, हामी सकारात्मक बाटोमा छौँ ।’ 

पार्टी एकता जोगाउनका लागि बनेको कार्यदल प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि निष्क्रिय बनेको थियो । गत जेठ २ गते बनेको कार्यदलको बैठक जेठ ६ पछि अहिलेसम्म बस्न सकेको थिएन । 

कार्यदलमा माधव पक्षबाट संयोजक रहेका रावललाई जेठ १२ गते अध्यक्ष ओलीले पार्टीबाट निष्कासन गर्ने निर्णय गरेपछि कार्यदल निष्क्रिय भएको थियो ।

एकता कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन् । नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।





  • प्रकाशित मिति : असार २१, २०७८ साेमबार २०:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया