कोरोनाभाइरस (कोभिड १९)को डेल्टा भेरियन्ट अहिले विश्वका लागि निकै ठूलो चुनौति बनिसकेको छ । यहीबीच डेल्टा भेरियन्ट थप संक्रामक भएको पनि अनुसन्धानहरुले पत्ता लगाएका छन् ।
नेपालमा पनि डेल्टा भेरियन्टका संक्रमित भेटिएका छन् ।
अब यो कोरोनाभाइरसको भेरियन्टविरुद्ध भ्याक्सिन कति प्रभावकारी छ त ?
डेल्टा भेरियन्टविरुद्धको भ्याक्सिन अहिलेसम्म नबनेकाले यसअघिका भ्याक्सिन डेल्टा भेरियन्टविरुद्ध आठ गुणा कम हुने बताइएको छ । भारतमा गरिएको एक अध्ययनमा डेल्टा भेरियन्ट एकपटक कोरोना संक्रमण भइसकेका व्यक्तिलाई पनि हुनसक्ने देखिएको छ ।
भरतमा डेल्टा भेरियन्टको कोरोना संक्रमण भएका सय स्वास्थ्यकर्मीमा गरिएको अध्ययनमा यो अझ बढी प्रभावकारी भएको पत्ता लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।