प्रसिद्ध निर्देशक रिचार्ड डोनरको निधन

हलिउडका प्रसिद्ध फिल्म निर्देशक रिचार्ड डोनरको निधन भएको छ । हिजाे(सोमबार) ९१ वर्षको उमेरमा उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनकी श्रीमती लरेनले डोनरको निधन भएको जानकारी दिएकी हुन् । तर निधन हुनुको कारण भने अझै खुलाइएको छैन ।

उनको निधनको खबरले मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ । 

डोनरले टेलिभिजन निर्देशकको रूपमा आफ्नो करिअरको सुरुवात गरेका थिए । उनी विशेष गरी सुपरम्यान फिल्मबाट बढी चिनिन्छन् । 

४६ वर्षे करिअरमा उनले ८० भन्दा धेरै फिल्म निर्देशन गरेका छन् ।
 





  • प्रकाशित मिति : असार २२, २०७८ मंगलबार ९:३१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया