नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द भएको छ । चितवनको सेतीदोभानमा पहिरो खसेसँगै सडक बन्द भएको हो ।
सडकमा लेदो माटोसहित ढुंगा झरिरहेकाले सडक सञ्चालनमा ल्याउन कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सेतीदोभान, इच्छाकामना, चारकिलो, पाँचकिलो लगायतका ठाउँमा पहिरो खस्दै आइरहेको छ । जसले गर्दा बारम्बार सडकखण्ड अवरुद्ध भएकाे छ ।
सडक अवरुद्ध भएसँगै गाडी अलपत्र परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।