काेपा अमेरिका फुटबल अन्तर्गत बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा जित हात पार्दै अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेको छ ।
अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ३-२ ले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो
ब्राजिलको माने गारिन्चा फुटबल मैदानमा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
अर्जेन्टिनाका लागि पेनाल्टीमा लियोनल मेस्सी, लाउटारो मार्टिनेज, लियान्ड्रो पारेडेसले गोल गर्दा रोड्रिगो डि पल भने चुके ।
कोलम्बियाका लागि लागि जुवान क्वाड्राडो र मिगुइल ब्रोजाले गोल गर्दा यारी मिना, डाभिन्सन साञ्चेज र इड्विन कार्डोनाले भने गोल गर्न सकेनन् ।
खेलको ७ औँ मिनेटमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गरेका थिए ।
खेलको ६१ औँ मिनेटमा लुइस डियासले गोल गर्दै कोलम्बियालाई बराबरीमा ल्याए । उनले इड्विन कार्डोनाको पासलाई सदुपयोग गरे ।
अर्जेन्टिनाले उपाधिका लागि आइतबार बिहान ब्राजिलको सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।