बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
फरकधार / २३ असार, २०७८

बैतडीमा ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु 

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका-५ स्थित मेलौली-तितावै सडकखण्डमा मंगलबार राति से २ त २५८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका-५ जेबलकट्टेका ३० वर्षीय राजबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 



दुर्घटनामा परेर सोही ठाउँका २२ वर्षीय डबलबहादुर चन्द घाइते भएका छन् । ट्याक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका-५ जोगबुढाका ४७ बर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



ढलान गर्ने सामग्री बोकेको ट्याक्टरको ढाला पल्टिएको बताइएको छ । लोडकै कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार ९:३६:३४,   अन्तिम अपडेट : असार २३, २०७८ बुधबार १०:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया