नारायणगढ-मुग्लिङ सडकखण्ड एकतर्फ सञ्चालनमा आएको छ । हिजो(मंगलबार) बेलुका चितवनको सेतीदोभानमा पहिरो झरेसँगै सडकखण्ड अवरुद्ध भएको थियो ।
सडक आज बिहान ९ बजेदेखिबाट सञ्चालनमा आएको हो । आज बिहान ५ : ३० बजेबाट नै सेतीदोभान लगायतका ठाउँको पहिरो पन्छाउन थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो खस्ने क्रम भने जारी नै छ ।
मनुसन भित्रिएसँगै नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत सेतीदोभान, इच्छाकामना, चारकिलो, पाँचकिलो लगायतका ठाउँमा पहिरो खस्दै आइरहेको छ । जसले गर्दा सडकखण्ड बारम्बार अवरुद्ध भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।