स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोगशालामा ११ हजार ८९८ नमुना परीक्षणमा यो परिमाणमा कोरोना संक्रमित थपिएका हुन् । यीमध्ये ७ हजार ८३५ को पिसिआर र ४ हजार ६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घन्टामा २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ३३३ जना कोरोनामुक्त भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।