पुर्ख्यौली बिरासतको आधारमा होइन, योगदानका आधारमा नेतृत्व चयन हुनुपर्छ : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले नेपाली कांग्रेसको महाधिवेशनमा पुर्ख्यौली बिरासतका आधारमा नभई पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

नेपाली कांग्रेसका तीन संस्थापक नेताका पुत्रत्रयको भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै महतले पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता–कार्यकर्ताहरु रहेको बताएका हुन् । 

पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहाना राख्ने जोकोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने उनको भनाइ थियो । 

पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा उहाँले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको बताउनुभयो । योग्य र सक्षम उम्मेदवार आकांक्षीका रुपमा अघि आउन सक्ने उहाँको भनाइ थियो ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहका पछिल्ला भेटघाटलाई लक्षित गर्दे उनले पिताले गरेको योगदानको ब्याज खान पार्नुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने बताए । 





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १६:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया