विद्युत प्रसारण सुधार गर्न प्राधिकरणलाई सुर्खेतका व्यापारीको २ दिने अल्टिमेटम

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बत्ती अनियन्त्रित हुने समस्या नयाँ होइन । अत्यधिक मात्रामा विद्युतको खपत हुने गर्मी सिजनमा हाल वीरेन्द्रनगरमा विद्युत छिनछिनमा जाने गरेको छ । बत्ती आउने जाने गर्दा राजधानीबासी हैरानी खेपिरहेका छन् । 

बुधबार सुर्खेत जिल्लामा भइरहेको छिनछिनमा बत्ती आउने जाने क्रम रोक्न सुर्खेत उद्योग बाणिज्य संघले नेपाल विद्युत प्राधिकरण कर्णाली प्रादेशिक कार्यालयको ध्यानाकर्षण गराएको छ । 

पटके लोडसेडिङले व्यवसायीका उद्योग कलकारखानाहरु मारमा परेको भन्दै ध्यानाकर्षण गराइएको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धन बहादुर रावतले बताए । ‘अहिले हामीले प्रसारण सुधार गर्नका लागि २ दिनको समय दिएका छौँ । यो २ दिनमा सुधार भएन भने हामी आन्दोलन गर्नेछौँ’, उनले भने । 

त्यस्तै, संघका महासचिव लक्ष्मण कँडेलले नेपाल विधुत प्राधिकरणका डिएमडी हरराज न्यौपानेसँग सुर्खेतमा विद्युत प्रसारणका समस्याका बारेमा कुरा राखेको बताएका छन् । 

डिएमडी न्यौपानेले सुर्खेतबाट पहिलो पटक यसरी कुरा आएको बताउँदै सुर्खेतको विद्युत प्रसारणमा रहेका समस्याहरुलाई आफ्नो तर्फबाट समाधानका लागि पूर्णरुपमा लागि पर्ने बताए ।

कोरोना भाइरसको कारण गएको वैशाख देखि बन्द रहेका उद्योगहरु पछिल्लो समय सञ्चालन हुन थाले पनि विद्युतका कारण मारमा परेका छन् । अत्यधिक गर्मी हुन सुर्खेतमा विद्युत नियमित नहुँदा स्थानीय पनि समस्यामा छन् ।





  • प्रकाशित मिति : असार २३, २०७८ बुधबार १८:०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया