हाल प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका केही तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार नारायणी, बढीगाड, रुद्रबेनी जलमापन केन्द्र र तमोर, मुलघाट जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ ।
आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब केही बढ्ने छ ।
कोशीका सहायक नदीहरू सुनकोशी, तामाकोशी, भोटेकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरू विशेष गरी त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ ।
बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचना :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।