संसदको पुनःस्थापना एउटा अनिवार्य शर्त हो, जालझेलमा पर्नुहुन्न : झाँक्री

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी एकता अन्तिम चरणमा रहेको अवस्थामा जालझेलमा पर्नुहुन्न भन्दै आफू संलग्न समूहलाई सचेत गराएकी छन् । 

झाँक्रीले सामाजिक सञ्जालमार्फत सर्वाेच्च अदालतको फैसला आउन बाँकी नै रहेको र त्यसपछि सरकार बन्ने तथा विश्वासको मत लिने काम बाँकी नै रहेकाले अहिल्यै जालझेलमा पर्न नहुने बताएकी हुन् । 

एमाले कार्यदलका सदस्यहरुले कार्यदलको बैठक सकारात्मक रहेको र छिट्टै एकताका लागि सहमति हुने बताइरहेका बेला झाँक्रीले भने सचेत गराएकी हुन् । उनले आफूहरुको अभियान जारी रहेको बताइन् । 

लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशील गराउन संसदको पुनःस्थापना एउटा अनिवार्य शर्त भएको भन्दै झाँक्रीले आफूहरुले त्यसको लागि एउटा प्रक्रियाको मात्र थालनी गरेको बताएकी छन् । 

झाँक्री भन्छिन्, ‘अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी छ । त्यसकारण कुनै पनि जालझेलमा पर्नुहुन्न ।’





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १४:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया