दार्चुलाको नौगाडमा पहिरो जाँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु
प्रतीकात्मक तस्वीर

दार्चुलामा बुधबार पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परी थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहरप्रसाद  भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए ।

यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएसपी भट्टले बताए । तीनै जनाको शव पहिरोबाट निकालिएको छ । 

नौगाडको लघु जलविद्युतमा क्षति

दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले केहि घर बगेका छन् । प्रहरीका अनुसार नौगाडको वडा नम्बर ३ जामिरका स्थानीय नन्दु ठगुन्नाको घर बगेको र गोठे टमटाको घर उच्च जोखिममा परेको छ । अरु घर पनि पहिरोको जोखिममा परेको बताएको छ । 

बुधबार रातिको अविरल वर्षाका कारण घरहरूका साथै स्थानीय लघु जलविद्युतमा समेत क्षति पुगेको छ ।



खारको गुन्ढाडु खोला, खारखोलाले पारिखार, सितोलिबगड, ओखलधार र गुन्ढारु खोलाले जामिरको लघु जलविद्युत, पुल लगायत संरचनामा क्षति पुर्‍याएकाे छ 



  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १४:७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया