घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु, दुई घाइते

दाङमा अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । 

जिल्लाको घोराही नगरपालिका-१७ निवासी ३० वर्षीया मनिसा चौधरीको तीन महिने शिशुको मृत्यु भएको हो । मनिसासहित उनकी नौ वर्षीया छोरी पनि घाइते भएकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १४:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया