बाँकेमा पानी नपर्दा धान रोपाइँ रोकियो

बाँकेमा एक सातादेखि पानी नपर्दा धान रोपाइँ रोकिएको छ । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले धान रोपाइँ रोकिएको हो । 

नहरको पानी पनि खेतसम्म नपुगेका कारण पोखरीबाट खेतमा पानी सिचाइँ गर्दा प्रति घण्टा ४०० रुपैयाँदेखि ५०० रुपैयाँ खर्च किसानहरूले व्यहोर्नु परेको छ ।

बाँके र बर्दिया जिल्लामा चाँडै नै किसानहरूले धान रोपाइँ शुरु गरेका थिए । तर असारको १५ गतेदेखि बाँके र बर्दियामा पानी नपर्दा किसानहरूले धान रोपाइँ रोक्नु परेको छ । 

हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाइँ भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाइँ गर्न बाँकी नै छ । त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरूमा पानीका कारण धान रोपाइँ नहुदाँ किसानहरू चिन्तामा परेका छन् । 

बाँकेमा सिक्टा नहर र बर्दियामा बबाई नहर भएपनि खेत–खेतसम्म नपुगेकाले किसानहरू महँगो लगानी गरेर रोपाइँ गर्न बाध्य भएका छन् । एकातिर धान रोपाईँ गर्न सकेका छैनन् भने अर्कोतिर रोपाइँ गरेका धान पानी नपाएर सुक्न थालेको किसानहरू बताउँछन् ।
 





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार १५:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया