अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्विटर र गुगल कम्पनी तथा तिनका पदाधिकारी विरुद्ध मुद्दा हालेका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार उनले कन्जरभेटिभ विचारलाई गैरकानुनी तरिकाले प्रतिबन्ध लगाएको भन्दै यी तीन संस्थाविरुद्ध मुद्दा हालेका हुन् ।
फेसबुकका सिइओ मार्क जुकर्बग, ट्विटरका सिइओ ज्याक डोर्सी, र गुगलका सिइओ सुन्दर पिचाई विरुद्ध ट्रम्पले मुद्दा हालेका हुन् ।
ट्रम्पले बुधबार मियामीको एक अदालतमा मुद्दा दर्ता गरेका हुन् । उनले गुगल अन्तर्गतको अल्फाबेट कम्पनीलाई टार्गेट छन् ।
ट्रम्पको उक्त मुद्दामा अमेरिकी संविधानद्वारा दिइएको अभिव्यक्ति स्वतन्त्रताको हकमाथि रोक लगाइएको आरोप लगाएका छन् ।
न्यू जर्सीमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले भने, ‘हामीले अमेरिकाको स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको जितसँगै जित हासिल गर्नेछौँ ।’
अमेरिकी राष्ट्रपतिको चुनावका बेला ट्रम्पले आफ्नो सामाजिक सञ्जालको दुरुपयोग गरको भनेर उनका सामाजिक ह्यान्डलहरु बन्द गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।