शशांक कोइराला भन्छन् : समयमा महाधिवेशन हुनेमा आशंका बढ्यो

नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य विवाद नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने या हुनेमा प्रश्न उब्जिएको बताएका छन् । 

विभिन्न जिल्लाबाट उजुरीहरु आएको भन्दै उनले असार महिनाभित्र क्रियाशील सदस्यता विवाद नटुंगिएमा महाधिवेशनप्रति आशंका पैदा हुने बताए । क्रियाशिल सदस्यता छिटो टुंग्याउनका निम्ति आफूहरुले भरमग्दुर प्रयास गरेको पनि उनले बताए । 

‘क्रियाशील सदस्यता यो महिनाभित्र गर्न सकिएन भने त आशंका भइहाल्यो नि । यति जटिल छ, अहिले क्रियाशिल सदस्यको बारेमा, ४६ जिल्ला भइसक्यो त्यसमा पनि उजुरीहरु आएको छ त्यसलाई पनि हेर्नुपर्यो,’ उनले भने, ‘तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि टाइममा नै अधिवेशन हुन्छ कि हुँदैन, प्रश्न चिह्नचाहिँ छ । तर, हाम्रो ध्यान त्यतैतिर गएको छ । हामी भरमग्दुर प्रयास गर्दै छौँ ।’

महाधिवेशनको मिति नजिकिएसँगै नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षीय नेताहरुको दौडधुप पनि निकै बढेको छ । बिहीबार नै काठमाडौंस्थित अनुपम फुडल्याण्डमा पौडेल पक्षीय नेताहरुले बैठक गरेका थिए । 

बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला, मीनेन्द्र रिजाललगायत नेता सहभागी थिए । सो बैठकमा पनि पार्टीको क्रियाशील सदस्यता विवाद कसरी टुंग्याउने भन्ने विषयमा नै छलफल भएको महामन्त्री कोइरालाले बताए । 

क्रियाशील सदस्यता विवाद टुंगो नलगाईकन महाधिवेशनमा जान नसकिने उनको भनाइ छ ।





  • प्रकाशित मिति : असार २४, २०७८ बिहीबार २०:५४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया