पहिलो एक दिवसीयमा इङ्ल्यान्डको सहज जित

पाकिस्तान विरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली इङ्ल्यान्ड विजयी भएको छ । इङ्ल्यान्डले बिहीबार भएको खेलमा ९ विकेटको सानदार जित हात पारेको हो ।

पाकिस्तानले दिएको १४२ रनको सामान्य लक्ष्य इङ्ल्यान्डले २१.५ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो ।

इङ्ल्यान्डका लागि अविजित रहेका डेविड मलान र ज्याक क्राउलीले अर्धशतकीय पारी खेले । ६९ बलको सामना गरेका मलानले ८ चौकाको मद्दतमा  ६८ रन प्रहार गरे ।
५० बलको सामना गरेका क्राउलीले ७ चौकाको मद्दतमा ५८ रन जोडे । फिलिप साल्टले ७ रनको योगदान दिए ।

पाकिस्तानका लागि एक मात्र विकेट शाहिन अफ्रिदीले हात पारे । 

यसअघि कार्डिफमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३५.२ ओभरमा सवै विकेट गुमाउँदै १४१ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ४७ रनको योगदान दिए । शादब खानले ३०, सोहेब मक्सुदले १९ र शाहिन अफ्रिदीले १२ रन जोड्दा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 



इङ्ल्यान्डका साकिब महम्मदले ४, क्रेग ओभर्टन र म्याट पार्किन्सनले समान २-२ विकेट लिँदा लुइस ग्रेगरीले १ विकेट हात पारे १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

जितसँगै इङ्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार लन्डनमा हुनेछ । 




 

  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ७:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया