आज कुन-कुन नदीमा बाढी आउन सक्छ ?

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बागमती प्रदेशमा वर्षा भइरहेको छ ।

आज(शुक्रबार) महाकाली, कर्णाली, कोशी र यसका सहायक नदीमा बहाव केही बढ्ने, नारायणी र यसका सहायक नदीहरू त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाब  बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब केही बढ्ने र यिनका सहायक नदीमा आकस्मिक बहाव भइ सतर्कता तह आसपास पुग्न सक्नेछ । 

प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराईको भूभाग भइ बहने साना नदीमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्नेछ ।

बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्र तथा तथा डुबान भइरहने क्षेत्रमा बसाेबास गर्ने नागरिकलाई  सावधानी अपनाउनका लागि आग्रह गरेकाे छ । 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार ७:४७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया