दक्षिण कोरियामा पछिल्लो २४ घन्टामा १ हजार २७५ जनामा संक्रमण पुष्टि भएको छ । जुन आजसम्मकै उच्च संख्या हो ।
संक्रमितहरूमध्ये ६०० भन्दा धेरै राजधानी सोलकै रहेको कोरियाका सञ्चारमाध्यमले जनाएका छन् ।
पछिल्ला केही सातादेखि दक्षिण कोरियामा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । गत बुधबार पनि एक हजार २१२ जनामा संक्रमण पुष्टि भएको थियो ।
आजसम्म दक्षिण कोरियामा यति धेरै संख्यामा संक्रमित पाइएका थिएनन् । एकैचोटि यति धेरैमा संक्रमण पुष्टि भएसँगै दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरूले चौथो वेभ सुरु भएको बताएका छन् ।
जोन्स होप्किन्स युनिभर्सिटका अनुसार दक्षिण कोरियामा हालसम्म २ हजार ३४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् भने १ लाख ६४ हजार २८ जनामा संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।