'माओवादी अवैधानिक हो, वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न सक्दैन'

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्र अवैधानिक भइसकेकाले वैधानिक रुपमा निर्वाचित जनप्रतिनिधिहरूलाई कारबाही गर्न नसक्ने बताएका छन्। 

नेकपा एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरुको टोलीसहित निर्वाचन आयोगमा शुक्रबार पुगेका रायमाझीले माओवादीको वैधानिकतामाथि पटक पटक प्रश्न उठाउँदै उसको कारबाहीले संवैधानिक मान्यता पाउनै नसक्ने तर्क गरे। 

'माओवादी अवैधानिक हो, उसको कानुनी हैसियत छैन। यसले हामीलाई कारबाही गर्न सक्दैन, वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्न सक्दैन', रायमाझीले भने, 'माओवादीमा आधिकारिक कमिटी नै छैन। उसको कुनै आधार छैन। वैधानिकताको त्यस्तो प्रश्न उठेको पार्टीले वैधानिक जनप्रतिनिधिलाई कारबाही गर्ने कुरा मान्न सकिँदैन।'

उनले माओवादीको निर्वाचित कमिटी अवैधानिक भइसकेको तर्कसहित महाधिवेशनमार्फत अद्यावधिक गर्ने काम पनि नभएको उल्लेख गरे। माओवादीले आफ्नो पार्टी छाडेर गएका ५ संघीय सांसद, ९ प्रदेशसभा सदस्य र सयौँ स्थानीय तहका जनप्रतिनिधिमाथि कारबाही चलाइसकेको छ। 

माओवादीले पार्टी फेरेको भन्दै कारबाही चलाएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहसहितले सांसद र मन्त्री पद नै गुमाइसकेको अवस्था छ। 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १६:३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया