त्रिशुली अस्पतालमा भेटियो कोरोनाको तेस्रो भेरियन्ट ‘डेल्टा प्लस’

नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट डेल्टा प्लस फेला परेको छ । अस्पतालले विज्ञप्ति निकाल्दै तेस्रो भेरियन्ट भेटिएको पुष्टि गरेको छ । 

अस्पतालको प्रयोगशालामा पिसिआर पोजेटिभ देखिएका ४ वटा नमुनाहरुलाई राष्ट्रिय जनस्वास्थ्इ प्रयोगशालामार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्न पठाइएकोमा एउटा नमुनामा तेस्रो भेरियन्ट भेटिएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘३ वटा स्वाबका नमुनामा Delta (B.617.2) र बाँकी १ वटा नमुनामा Delta Plus (B.617.2) +K417N प्रमाणित भएको जानकारी गराइन्छ ।’ 

कोरोना संक्रमणको पहिलो लहरमा भेटिएको भेरियन्टलाई अल्फा, दोस्रोमा भेटिएको भेरियन्टलाई डेल्टा र तेस्रोमा भेटिएको भेरियन्टलाई डेल्टा प्लस भनिन्छ । 

पहिलो र दोस्रो भेरियन्टको तुलनामा तेस्रो भेरियन्ट ६० देखि १०० प्रतिशतसम्म बढी संक्रमक रहेको अध्ययनहरुले देखाएका छन् । 

परीक्षणका क्रममा तेस्रो भेरियन्ट प्रमाणित भएपछि अस्पतालले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्न समेत सबै जनालाई विज्ञप्तिमार्फत आह्वान गरेको छ । 





  • प्रकाशित मिति : असार २५, २०७८ शुक्रबार १७:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया