अमेरिकी सरकारले सहयोग स्वरुप उपलब्ध गराएको जोनसन एन्ड जोनसन कम्पनीको कोरोना खोप सोमबार नेपाल आइपुग्ने भएको छ ।
अमेरिकी सरकारले कोभ्याक्समार्फत अनुदानमा दिन लागेको कोरोना खोप सोमबार नेपाल आइपुग्ने भएको हो । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप दिन लागेको हो ।
जोनसन एन्ड जोनस कम्पनीले तयार गरेको खोप सोमबार बिहान काठमाडौंमा आइपुग्ने प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।