प्रचण्ड स्वघोषित नेतामात्रै हुन् : टोपबहादुर रायमाझी

नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् । 

सर्वोच्च अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्दै एमालेमा प्रवेश गरेका नेता रायमाझीले दाहालकै कार्यशैलीका कारण पार्टी कमजोर हुदै गएको र आफूहरूले त्यही कार्यशैलीको विरोध गर्दे आएको पनि बताएका छन् ।

संघीय राजधानी काठमाण्डाैंमा शनिबार आयोजित कार्यक्रममा नेता रायमाझीले ६९ सालमा नाम मात्रको महाधिवेशन गरिएको टिप्पणी गरे । उनले विगत ३३ वर्षदेखि बिना विचार तथा विधि र प्रक्रिया बिना नै अध्यक्ष दाहाल स्वघोषित रूपमा नेतृत्वमा बसिरहेको आरोप लगाए । 

उनले भने,‘ गएको चुनावमा नेकपा एमालेसँग नमिलेको हुन्थ्यो भने कति ‌‌‌‍‍औं पार्टी हुन्थ्यो । त्यो कसको कारणले भयो ? जुन पार्टीको नेता ३३ वर्षसम्म कुनै विचार, कुनै विधि विना, कुनै प्रक्रियामा नजाने, कुनै सिस्टममा नजाने, स्वघोषित नेता भएर बसेको इतिहास पाउन गाह्रो छ । ’

‘अझै शान्ति प्रक्रियामा आइसकेपछि पनि पार्टीलाई व्यभिचार किसिमले, व्यक्तिवादी तरिकाले, निरंकुश तरिकाले सञ्चालन गरियो । त्यसकारणले पार्टी कमजोर हुँदै गयो । किन कमजोर भयो ? विचारमा, विधिमा ध्यान गएन । कार्यशैली पनि ठिक भएन । चिन्तनमा पनि ठिक भएन । त्यसकारणले पार्टी तुहिँदै तुहिँदै गएपछि पार्टी कमजोर भयो । यो जिम्मेवारी लिनुपर्छ कि पर्दैन कमसेकम नेतृत्वले ?’, उनले थपे ।

माओवादी पार्टीले गरेको योगदानलाई कदर गर्नुपर्छ र कमजोरीलाई करेक्सन गर्नुपर्छ भनेर आफूहरूले संघर्ष गरिरहेको पनि उनले स्पष्ट पारे । नेकपा माओवादी केन्द्रको कार्यशैली राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्था प्रतिकूल भएको उनले दाबी गरे । 



 



  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १५:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया