मुख्यमन्त्री पौडेलको विपक्षी दुई दलसँग वार्ता, सदनको अवरोध हटाउन सहमति

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार प्रतिपक्षी दल माओवादी र नेपाली कांग्रेसका संसदीय दलका नेतासँग वार्ता गरेका हुन् । बागमती सरकारको बजेट पासका लागि दलीय सहमति जुटाउन उनले प्रमुख दुई विपक्षीसँग वार्ता गरेका हुन् । 

उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बनियाँसँग छलफल एवं वार्ता गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

सो वार्तामा सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको समेत सहभागिता थियो । छलफल सकारात्मक रहेको सचिवालयले जनाएको छ । 

छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विनाअवरोध सञ्चालन हुने मुख्य सचेतक निरौलाले जिकिर गरे । 

बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १७:२०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया