रुपन्देहीको एक पसलमा आगलागी हुँदा ८ करोड बराबरको क्षति
प्रतीकात्मक तस्वीर

जिल्लाको सिद्धार्थनगर नगरपालिका-८ नारायणपथमा रहेको सुन्दर्स ग्लास एन्ड फ्रेम हाउसमा हिजो(शनिबार) आगो लाग्दा ८ करोड बराबरको क्षति भएको हो ।

आगलागी ८ घन्टापछि आज(आइतबार) बिहान ४ बजे नियन्त्रणमा आएको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार राति करिब ९ बजेतिर विद्युत सर्ट भइ आगलागी भएको थियो । 

आगलागी निभाउनका लागि तौलिहवा, रामग्राम, बर्दघाट, लुम्बिनी लगायतका विभिन्न नगरपालिकाका दमकल बोलाइएको थियो । 

 परिवारका सदस्यकाे सकुशल उद्धार भएकाे छ ।

हार्ववेयरका सञ्चालक आकाश अग्रहरीले आगलागीबाट करिब ८ करोडको क्षति भएको बताएका छन् ।
 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार ११:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया