विपक्षी गठबन्धनले पछिल्लो समय गरिरहेका गतिविधिको विरोध गर्दै नेपाल खेलकुद महासंघ सडकमा निस्किएको छ ।
आइतबार त्रिपुरेश्वरमा खेलकुद महासंघका पदाधिकारी तथा सदस्यहरुले विपक्षी गठबन्धनका गतिविधिको विरोध गर्दै प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा खेलकुद महासंघका पदाधिकारीहरुले पनि सम्बोधन गरेका थिए ।
अहिलेको देशको अवस्थामा अदालतलाई समेत प्रभावित गर्न खोजेको आरोप विरोध कार्यक्रममा लगाएका छन् । प्रदर्शनमा स्वतन्त्र न्यायपालिकाको सम्मान गरौँ, संविधानको कार्यान्वयन गरौँ, संवैधानिक सर्वोच्चता कायम गरौँ लगायतका नारा भएका प्लेकार्ड प्रदर्शनकारीले देखाएका थिए ।
प्रदर्शनमा खेलकुद महासंघका इन्चार्ज तथा पूर्वमन्त्री दावा लामा, खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतलगायतले सम्बोधन पनि गरेका थिए ।
हेर्नुहोस्, प्रदर्शनको भिडियो र केही तस्वीरहरुः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।