गोरखा र स्याङ्जामा कोभिड–१९ को नयाँ भेरियन्ट भेटियो

गण्डकी प्रदेशअन्तर्गत गोरखा र स्याङ्जा जिल्लामा कोभिड–१९ को नयाँ भेरियन्ट भेटिएको छ । 

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पाँचवटा नमुनामा नयाँ भेरियन्ट डेल्टा (बि१–६१७–२) पुष्टि भएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट भेरियन्ट जाँचका लागि जेठ ३१ गते काठमाडौं पठाइएको थियो । 

स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार स्याङ्जाका दुई पुरुष र गोरखाका तीन महिलामा नयाँ भेरियन्ट डेल्टा भेटिएको हो । 

नयाँ भेरियन्टको कोरोना भेटिएकामा स्याङ्जा कालिगण्डकी गाउँपालिकका १४ वर्ष र ६० वर्षका पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ७०,३३,र ४० वर्षका  महिला छन् । 





  • प्रकाशित मिति : असार २७, २०७८ आइतबार १७:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया