सिंहदरबारमा बसेको एमाले विवाद समाधान कार्य दलको बैठकबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् ।
कार्यदल बैठकको प्रगतिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनी मौन रहे । अन्य कार्यक्रममा जान लागेको बताउँदै उनी सिंहदरबारबाट निस्किएका छन् ।
कार्यदलले सहमतिको खाका तयार गरेर पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको हस्ताक्षर गराउने प्रयास सफल हुन सकेको छैन ।
कार्यदलले तीन दिन अघिदेखिको सो प्रयास गर्दै आइरहेको छ । आइतबार ओलीले स्थायी समिति बैठक बोलाएका थिए ।
नेपाल पक्षले विना सरसल्लाह बैठक बोलाएको भन्दै बहिष्कार गरेपछि सो बैठक नै अन्योलमा परेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।