संसद विघटन मुद्दामा फैसला आउनुअघि सर्वोच्चको सुरक्षा व्यवस्था कडा
फरकधार / २८ असार, २०७८
फाइल तस्बिर

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अदालतले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित मुद्दाहरूमाथि अदालतले आज फैसला सुनाउने भएसँगै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 



प्रतिनिधिसभा विघटन भएसँगै उक्त कार्य असंवैधानिक भएको र विपक्षी गठबन्धनले दाबी गरेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन माग गर्दै परेको रिटमाथिको बहस सकिएपछि आज अदालतले फैसला सुनाउँदैछ । 

यसअघि संसद विघटनसँग सम्बन्धित रहेर अदालतमा परेका ३० वटा रिटमाथि सर्वोच्चको संवैधानिक इजलासले असार २१ गते सुनुवाइ सकाउँदै आज फैसला गर्ने निर्णय गरेको थियो । 



अदालतले गर्ने फैसला र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थिति विश्लेषण गरेर काठमाडौं उपत्यकामा नै प्रहरीको उपस्थिति बढी देखिएको छ । यस्तै सर्वोच्च अदालत परिसरमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । 



आज अदालत परिसर प्रवेशमा निकै कडा सुरक्षा जाँच भइरहेको अदालतमा उपस्थित फरकधार सहकर्मीले बताएका छन् । अदालतमा न्यायाधीश र कानुन व्यवसायीहरुको चहलपहल पनि निक्कै देखिएको उनले बताए । 

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १२:१४:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया