एमालेको प्रारम्भिक प्रतिक्रियाः अदालतको निर्णय असंवैधानिक

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि राजनीतिक वृत्तमा नयाँ तरंग देखिएको छ ।

अदालतको यो निर्णय आएसँगै नेकपा एमालेका नेताहरुले आफूहरु अदालतको यो निर्णयबाट आश्चर्यचकित भएको बताउन थालेका छन् ।

यही विषयमा कुरा गर्न हामीले नेकपा एमालेका नेता खगराज अधिकारीलाई सम्पर्क गरेका थियौँ ।

‘देशको राजनीतिमा अदालत छिर्नु ठिक होइन,’ उनले भने, ‘संसारको कुनै पनि ठाउँमा अदालतले प्रधानमन्त्री नियुक्त गर्ने भन्ने हुँदैन । हाम्रो देशमा अदालतले प्रधानमन्त्री नियुक्त गरेर असंवैधानिक काम गरेको छ ।’

अधिकारीले अदालतले प्रधानमन्त्री नियुक्त गर्नु न संविधानमा भएको न अन्यत्र कतै भएको बताए ।





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १४:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया