एमालेकाे दोस्रो पुस्ताका नेता बालुवाटारमा

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरु बालुवाटारमा जम्मा हुन थालेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली पक्षका नेताहरु जम्मा हुन सुरु भएका हुन् । 

अदालतको फैसला लगत्तै नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, खगराज अधिकारीलगायत नेताहरु बालुवाटार पुगेका छन् । अन्य केही नेताहरु पुग्ने क्रममा रहेका स्रोतले बताएको छ । 

अध्यक्ष ओलीले साँझ ५ बजे पार्टी स्थायी समिति बैठक समेत बालुवाटारमै डाकिसकेका छन् । अदालतको फैसला आउनुअघि नै ओलीले स्थायी समिति बैठक डाकेका थिए । 





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १४:२५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया