ओलीको सर्वसत्तावादलाई न्यायालयले रोकेको छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले सर्वोच्च अदालतले गरेको फैसलालाई ऐतिहासिक निर्णय भनेका छन् । फरकधारसँग संक्षिप्त कुराकानी गर्दै पुनले फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको बताए । 

फरकधारसँग पुनले भने, ‘यो ऐतिहासिक निर्णय हो । संविधान, लोकतन्त्रको रक्षा भएको छ । जनताको भावना अनुसारको फैसला हो । ओलीको निरंकुशता, सर्वसत्तावाद र असंवैधानिक कदमलाई न्यायालयले रोकेको छ ।’

संविधान मास्न खोज्ने, लोकतन्त्र मास्न खोज्ने शक्तिहरु पराजित भएको भन्दै नेता पुनले अघि भने, ‘विधान मास्न खोज्ने, लोकतन्त्र मास्न खोज्ने शक्तिहरु पराजय भएको छ । यसले न्यायालयको स्वतन्त्रता र विश्वास बढेको छ ।’





  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १५:३३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया