कानुनी र संवैधानिक बाटो छाडेर अदालत राजनीतिक बाटो हिँड्यो : भीम आचार्य

नेकपा एमालेका नेता भीम आचार्यले कानुनी र संवैधानिक बाटो हिँड्न छाडेर सर्वोच्च अदालत राजनीतिक बाटोमा हिँडेको बताएका छन् ।

सर्वोच्च अदालतको आजको फैसलाको विषयमा फरकधारसँग कुरा गर्दै एमालेका सचिव रहेका आचार्यले संसद पुनःस्थापना गरेर प्रधानमन्त्री छान्ने जिम्मा प्रतिनिधिसभालाई दिनुपर्नेमा अदालतले त्यसो नगरको बताए ।

आचार्यले सर्वोच्च अदालतले नै प्रधानमन्त्री तोकिदिनुलाई अधिकार क्षेत्र मिचेको बताएका छन् । उनले अदालतलाई राजनीतिक बाटोमा हिँड्नका लागि उकास्ने काम भने राजनीतिक दलले नै गरेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा चर्को बिरोध गरेका नेता आचार्यले अदालतले हिँडेको बाटो त्यति राम्रो नभएको बताए ।

उनले आइतबार नेकपा एमालेका फरक फरक समूहको बीचमा भएको सहमतिलाई भने अदालतको फैसलाले कुनै असर नगर्ने बताए ।

आचार्यले भने, ‘त्यो हाम्रो आन्तरिक समस्या हो, यो अर्कै । हामी एकता प्रक्रियामा अगाडि बढेका छौँ ।’



आचार्यले शेर बहादुर देउवाले विश्वासको मत लिने बेलामा आफूहरुले सोच्ने बताए । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै एमालेका नेपाल-खनाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए ।

आचार्य नेपाल-खनाल पक्षका नेता हुन् । उनी पछिल्लो समय एमाले एकताको लागि प्रयासरत छन् ।



  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १६:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया