यी हुन्, हालसम्म युरो कप उपाधि उचाल्ने टोली

युरोपियन फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो कप सम्पन्न भएको छ । जुन ११ देखि सुरु भएको प्रतियोगिताको १६ औँ संस्करण इटालीलाई विजेता बनाउँदै जुलाई ११ मा सकिएको हो । 

युरोपका ११ सहरमा आयोजना भएको युरो कप फाइनल इङ्ल्यान्डको लन्डन स्थित वेम्बली स्टेडियममा खेलाइएको थियो । इटालीले घरेलु टोली इङ्ल्यान्डलाई पेनाल्टी सुट आउटमा ३-२ ले पराजित गर्दै दोस्रोपटक युरो कप उपाधि हात पार्‍यो । यसअघि उसले सन् १९६८ मा युरो उपाधि उचालेको थियो । 

निर्धारित ९० मिनेट र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलेको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको हो । युरो कप ६० वर्षे इतिहासमा हालसम्म १० टोली विजेता बनेका छन् । जसमा जर्मनी र स्पेनले सर्वाधिक ३-३ पटक उपाधि हात परेका छन् ।

फ्रान्स र इटालीले समान २-२ उपाधि हात पर्दा, पोर्चुगल, नेदरल्यान्ड, डेनमार्क, चेकोस्लोभाकिय (हाल चेक गणतन्त्र), ग्रिस र सोभियत संघ (हाल रुस) ले समान १–१ पटक युरोकप उपाधि उचालेका छन् । 

यस्तो छ युरो कप फाइनलको इतिहास 

सन् १९६० 
आयोजक : फ्रान्स, सहभागी टोली : ४
विजेता : सोभियत संघ (हाल रुस)
उप विजेता : युगोस्लोभाकिया 
नतिजा : २-१



१९६४
आयोजक : स्पेन
सहभागी टोली : ४
विजेता : स्पेन 
उप विजेता : सोभियत संघ
नतिजा २-१

१९६८ 
आयोजक : इटाली
सहभागी टोली : ४
विजेता : इटाली
उप विजेता : युगोस्लोभाकिया
नतिजा : २-० (पहिलो खेल १-१ को बराबरीमा सकिएपछि पुनः खेलाइएको थियो ।)



१९७२
आयोजक : बेल्जियम
सहभागी टोली : ४
विजेता : पश्चिम जर्मनी (हाल जर्मनी ) 
उप विजेता : सोभियत संघ
नतिजा : ३-० 

१९७६
आयोजक : युगोस्लोभाकिया
सहभागी टोली : ४
विजेता : चेकोस्लोभाकिया (हाल चेक गणतन्त्र)
उप विजेता : पश्चिम जर्मनी
नतिजा : ५-३ (निर्धारित र अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लगाइएको हो ।)

१९८० 
आयोजक : इटाली
सहभागी टोली : ८
विजेता : पश्चिम जर्मनी
उप विजेता : बेल्जियम
नतिजा : २-१ 

१९८४ 
आयोजक : फ्रान्स
सहभागी टोली : ८
विजेता : फ्रान्स
उप विजेता : स्पेन
नतिजा : २-० 

१९८८
आयोजक : पश्चिम जर्मनी
सहभागी टोली : ८
विजेता : नेदरल्यान्ड
उप विजेता : सोभियत संघ
नतिजा : २-० 

१९९२ 
आयोजक : स्विडेन
सहभागी टोली : ८
विजेता : डेनमार्क 
उप विजेता : जर्मनी
नतिजा २-०

१९९६
आयोजक : इंग्ल्यान्ड
सहभागी टोली : १६
विजेता : जर्मनी
उप विजेता : चेक गणतन्त्र
नतिजा : २-१ (विजेताको टुङ्गो गोल्डेन गोलबाट लगाइएको हो ।) 

२०००
आयोजक : बेल्जियम र नेदरल्यान्ड
सहभागी टोली : १६
विजेता : फ्रान्स
उप विजेता : इटाली
नतिजा : २-१ (विजेताको टुङ्गो गोल्डेन गोलबाट लगाइएको हो ।)

२००४
आयोजक : पोर्चुगल
सहभागी टोली : १६
विजेता : ग्रिस
उप विजेता : पोर्चुगल
नतिजा : १-०

२००८
आयोजक : अस्ट्रिया र स्विट्जरल्यान्ड
सहभागी टोली : १६
विजेता : स्पेन 
उप विजेता : जर्मनी 
नतिजा : १-०

२०१२ 
आयोजक : पोल्यान्ड र युक्रेन
सहभागी टोली : १६
विजेता : स्पेन 
उप विजेता : इटाली
नतिजा : ४-०

२०१६
आयोजक : फ्रान्स
सहभागी टोली : २४
विजेता : पोर्चुगल 
उप विजेता : फ्रान्स 
नतिजा : १-०

२०२०
आयोजक : युरोपका विभिन्न ११ सहर
सहभागी टोली : २४
विजेता : इटाली
उप विजेता : इंग्ल्यान्ड
नतिजा ३-२ (निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लाइएको हो ।)

एजेन्सीको सहयाेगमा

  • प्रकाशित मिति : असार २८, २०७८ साेमबार १८:३०:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया