शशांक कोइराला स्वास्थ्यमन्त्रीमा इच्छुक

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आज साँझ उनले प्रधानमन्त्रीका रुपमा सपथ लिँदैछन् ।

यहीबीच सरकारमा कोकसलाई सहभागी गराउने भन्ने विषयमा छलफल गर्न देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसबाट सरकारमा डा. मीनेन्द्र रिजाल र ज्ञानेन्द्र कार्की सहभागी हुने सम्भावना बढी भएको बताइएको छ । यहीबीच कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न चाहेको इच्छा व्यक्त गरेका छन् । 

मंगलबार पदाधिकारी बैठकमा सहभागी हुन देउवा निवास पुगेका कोइरालाले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको पनि बताएका छन् ।

कोइरालाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेमा यसअघि चर्चामा रहेका गगन थापा यसपटकको मन्त्रिपरिषदमा सहभागी नहुन सक्ने सम्भावना बढेको बताइएको छ ।





  • प्रकाशित मिति : असार २९, २०७८ मंगलबार १०:२४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया